नीति तथा कार्यक्रम कर्मकाण्डी दस्तावेज हो : सांसद ढकाल

19

काठमाडौँ, २५ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कर्मकाण्डी प्रक्रियामा प्रस्तुत भएको दस्तावेज भएको टिप्पणी गर्नुभएको छ ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भएको सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उहाँले सरकारको नीति तथा कार्यक्रमको दस्तावेज यथास्थितिलाई निरन्तरता प्रदान गर्ने दस्तावेज भएको बताउनुभयो ।

‘सरकारको नीति तथा कार्यक्रमको दस्तावेज यथास्थितिलाई निरन्तरता प्रदान गर्ने दस्तावेज हो । यो दस्तावेज अर्कमन्यतालाई स्वीकृति प्रदान गर्न, कर्मकाण्डी प्रक्रियामा प्रस्तुत भएको दस्तावेज हो,’ उहाँले भन्नुभयो ।

त्यस्तै, उहाँले आफूले दुई वर्षको नीति कार्यक्रममा राखेका धारणाहरु आज आएर प्रमाणित भएको धारणा बताउनुभयो । नीति कार्यक्रममा बुँदा नम्बर १३ देखि २१ सम्म कृषि क्षेत्रको विषयमा तय गरिएको नीतिहरुमा रस नरहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो,‘विगतको दुई वर्षको नीति कार्यक्रममा मैले राखेका धारणाहरु रेकर्डमा सुरक्षित छन् । ती विषयहरु आज प्रमाणित भएका छन् । यो नीति कार्यक्रम बुँदा नम्बर १३ देखि २१ सम्म कृषि क्षेत्रको विषयमा तय गरिएको निरश नीतिहरु छन् । रस छैन ।’

Share This:
सम्बन्धित खबर
Loading...