‘नीति तथा कार्यक्रम विगतको भन्दा महत्त्वपूर्ण र सकारात्मक’

30

काठमाडौँ, २५ वैशाख । नेकपा (एमाले)का सांसद ठाकुर गैरेले सरकारको नीति तथा कार्यक्रम विगतको भन्दा केही महत्त्वपूर्ण र सकारात्मक प्रस्तुति भएको बताउनुभएको छ ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भएको सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उहाँले धारा ५० मा व्यवस्था भएको राज्यका निर्देशक सिद्धान्त र धारा ५१ मा व्यवस्था भएको १३ वटा राज्यका नीतिहरुलाई नीति तथा कार्यक्रमले आत्मसाथ गरेर आफूलाई प्रस्तुत गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘सरकारको नीति तथा कार्यक्रम विगतको भन्दा यसवर्ष केही महत्त्वपूर्ण र सकारात्मक प्रस्तुति भएको छ । त्यो सुखद पक्ष हो । धारा ५० मा व्यवस्था भएको राज्यका निर्देशक सिद्धान्त धारा ५१ मा व्यवस्था भएको १३ वटा राज्यका नीतिहरु त्यसलाई नीति कार्यक्रमले आत्मसाथ गरेर तदअनुरुप आफूलाई प्रस्तुत गर्न खाजेको यो नीति कार्यक्रमले बताएको छ ।’

त्यस्तै, उहाँले विगतका नीति कार्यक्रमलाई मूल्याङ्कन गरेर हेर्दा नीतिमा भएको कार्यक्रममा नआउने, कार्यक्रममा भएको कार्यान्वयनमा नआउने जस्ता समस्या हुने गरेको भन्दै यसर्षको नीति तथा कार्यक्रमले त्यसलाई बदल्ने नीति अवलम्बन गरेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘विगतका नीति कार्यक्रमलाई मूल्याङ्कन गरेर हेर्दा विगतमा संविधानमा व्यवस्था भएको नीतिहरु विषयगत क्षेत्रमा तोकिएका नीतिहरु सम्बन्धित आर्थिक वर्षको नीति कार्यक्रमको बीचमा तादम्यता नहुने, नीतिमा भएको कार्यक्रममा नआउने, कार्यक्रममा भएको कार्यान्वयनमा नआउने जुन स्थिति थियो त्यसलाई यस पटक चाहिँ बदल्ने नीति अबलम्बन गरेको हामी देख्छौँ ।’

Share This:
सम्बन्धित खबर
Loading...