अर्थतन्त्रको ऐनामा कुरुप कमिसन खोरको अनुहार देखिएको छ : रोशन कार्की

23

काठमाडौँ, २४ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले नेपाल धितोपत्र बोर्डको अध्यक्ष सन्तोषनारायण श्रेष्ठमाथि कारबाही गर्न माग गर्नुभएको छ ।

बुधबार बसेको प्रतिनिधिसभाको बैटठकमा बोल्दै उहाँले आइपिओहरुको निष्कासन गर्नका लागि उहाँले ५ देखि ७ प्रतिशतसम्म कमिसन माग गरेको कुरा बाहिर आएको भन्दै कारबाहीको माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘भनिन्छ पुँजी बजार देशको अर्थतन्त्रको ऐना हो । तर, यो ऐनामा एउटा कुरुप कमिसन खोरको अनुहार देखिएको छ । आइपिओहरुको निष्कासन गर्नको लागि धितोपत्र बोर्डको प्रमुखले ५ देखि ७ प्रतिशतसम्म कमिसन मागको कुरा बजारमा आइरहेको छ । बोर्डले आफूले राम्रोसँग काम गरेको छैन । पुँजीबजारमा हजारौँ नागरिकको पैसा फसेको छ । उनीहरुमाथि अन्याय भएको छ । तत्कालै सुशासन समितिले कारबाही अगाडि बढाओस् र कमिसन खोर बोर्डको अध्यक्षमाथि कारबाही होस् ।’

Share This:
सम्बन्धित खबर
Loading...