सरकारले सदनमा उठेका प्रश्नको जवाफ दिनुपर्छ : जनार्दन शर्मा

17

काठमाडौँ, २३ वैशाख । नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले शून्य समय सुनाएर उठाउनका लागि हो भने बन्द गर्नुपर्ने बताउनुभएको छ ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा उहाँले सरकारले सदनमा उठेका प्रश्नहरुलाई बेवास्ता गरेको भन्दै सरकारले गम्भीर भएर जवाफ दिनुपर्ने भन्दै सभामुखसँग निर्देशनका लागि माग गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘संसद्‌मा पटक पटक विषयहरु उठेका छन्, प्रश्नहरु उठेका छन् । नेता रमेश चौधरीलाई नक्कली पत्र बनाएर किन जेल राखियो र गभर्नर नियुक्ति गर्न नसक्ने अवस्था किन आयो, विश्वविद्यालयका भिसिहरु किन खाली भइरहेका छन् । स्वास्थ्य बीमा किन भुक्तानी गरिँदैन, मध्य पहाडी करिडोर भेरी नदी, मेगा पुल, हुलाकी मार्गका अलपत्र पुल निर्माण कहिले हुन्छन् भनेर प्रश्न जिज्ञासा संसद्‌मा दैनिक हामीले राखिरहेका छौँ । यी जनता, सुशासन र राष्ट्रसँग सम्बन्धित प्रश्न हुन् तर सरकार समाधानतिर त के जवाफ पनि दिन तयार छैन । यो गैरजिम्मेवारी किन शून्य समय सुनाएर उठाउनका लागि हो भने बन्द गरौँ होइन भने सरकारले गम्भीर भएर जवाफ दिनुपर्छ भनेर सभामुखसँग निर्देशनको लागि माग गर्छु ।’

Share This:
सम्बन्धित खबर
Loading...