व्यक्तिगत रिसिइबीका आधारमा रेशम चौधरीको गिरफ्तारी भयो : रञ्जिता श्रेष्ठ

19

काठमाडौँ, २३ वैशाख । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले कर्मचारीको व्यक्तिगत रिसिइबीका आधारमा पार्टीका संरक्षक रेशम चौधरीको गिरफ्तारी भएको बताउनुभएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले राज्यका संयन्त्रले कानुनभन्दा माथि रहेर व्यक्तिगत रिसइबीका कारण गैरकानुनी रुपमा रेमशको गिरफ्तारी गरेको भन्दै निष्पक्ष छानबिनका लागि माग गर्नुभयो ।

उहाँले भन्नुभयो,‘वैशाख १७ गते पार्टी एकताको कार्यक्रम सुरु हुनुअघि नै कार्यक्रमस्थलबाट एउटा कर्मचारीको व्यक्तिगत आक्रोशका आधारमा कानुनी प्रक्रिया पूरा नगरी रेशम चौधरीको गैरकानुनी गिरफ्तार भयो । यसले संघीयता, समावेशिता, लोकतान्त्रप्रतिको विश्वासमा चोट पुगेको छ । म प्रश्न गर्न चाहन्छु कसरी एकजना नेता कार्यक्रमस्थलबाट यस्तो तवरले पक्राउ पर्छन् । यसको निष्पक्ष छानबिन हुनुपर्छ ।’

Share This:
सम्बन्धित खबर
Loading...