रविन्द्र मिश्रलगायत सबैलाई तत्काल रिहाइ गर्न सांसद लामाको माग

21

काठमाडौँ, २२ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद बिना लामाले तीनकुने घटनाको सत्यतथ्य सार्वजनिक गर्न न्यायिक छानपबन आयोग गठन गर्न माग गर्नुभएको छ ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले चैत १५ गते तीनकुने क्षेत्रमा भएको प्रदर्शनमा सहभागी भएकै आधारमा राप्रपा उपाध्यक्ष रविन्द्र मिश्रलगायतलाई जुन अपमानजनक ढंगले प्रहरी हिरासतमा राखिएको छ त्यो घोर भत्र्सनायोग्य भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘चैत १५ गते तीनकुने क्षेत्रमा भएको प्रदर्शनलाई हिंसात्मक बनाउन सरकारी सक्रियता जति निन्दनीय छ । प्रदर्शन स्थलमा उपस्थित भएको र सहभागी भएकै आधारमा फरक विचार राख्नेहरु राप्रपा उपाध्यक्ष रविन्द्र मिश्रलगायतलाई जुन अपमानजनक ढंगले प्रहरी हिरासतमा राखिएको छ । यो घोर भत्र्सनायोग्य छ ।’

साथै उहाँले थुनामा रहेका रविन्द्र मिश्रलगायत सबैलाई तत्काल रिहाइको मागसमेत गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘तीनकुने घटनाको सत्यतथ्य सार्वजनिक गर्न न्यायिक छानबिन आयोग गठन र फरक विचार राखेकै आधारमा थुनामा राखेका रविन्द्र मिश्रलगायत सबैलाई तत्काल रिहाइको माग गर्दछु ।’

Share This:
सम्बन्धित खबर
Loading...