भूकम्पबाट प्रभावित ठाउँमा स्थायी आवास निर्माण जारी छ : गृहमन्त्री लेखक

25

काठमाडौँ, ७ चैत । गृहमन्त्री रमेश लेखकले पश्चिम नेपालमा भूकम्पबाट प्रभावित भएका ठाउँहरुमा डिडिए गर्न बाँकी रहेको कामहरु एकदमै द्रूत गतिमा अगाडि बढिरहेको बताउनुभएको छ ।

बिहीबार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै उहाँले जुन ठाउँमा डिडिए भइसकेको छ त्यो ठाउँहरुमा स्थायी आवास निर्माणको काम पनि अगाडि बढिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पश्चिम नेपालमा भूकम्पबाट प्रभावित भएका ठाउँहरुमा डिडिए गर्न बाँकी रहेको कामहरु एकदमै द्रूत गतिमा अगाडि बढिरहेको छ । जुन ठाउँमा डिडिए भइसकेको छ त्यो ठाउँहरुमा स्थायी आवास निर्माणको काम पनि अगाडि बढिरहेको छ ।’

साथै उहाँले जाजरकोटमा पनि पुनःस्थापन र पुनःनिर्माणको काम अगाडि बढाउने गरेर काम सुरु भइसकेको बताउनुभयो । उहाँले गत असार र साउनमा अविरल वर्षाका कारणले बागमती, कोशी प्रदेशलगायतका अन्य ठाउँमा बाढी, पहिरो, डुबानले जुन क्षति भएको थियो अब तत्काल त्यसका लागि पनि डिडिएका सँगसँगै निजी आवासहरु अस्थायी बनाउनुपर्ने ठाउँमा अस्थायी र स्थायी बनाउनुपर्ने ठाउँमा स्थायी बनाउने गरेर कामहरु अगाडि बढाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जाजरकोटमै पनि पुनःस्थापन र पुनःनिर्माणको काम अगाडि बढाउने गरेर काम सुरु भइसकेको छ । अनुदानमा जाने रकमको पनि प्रारम्भ भइसकेको छ पश्चिम नेपाल भूकम्पको । एक दुई वर्षदेखि रोकिएको कामहरु पनि सुरु भइसकेको छ । गत असार र साउनमा अविरल वर्षाका कारणले खास गरेर बागमती, कोशी प्रदेशलगायतका अन्य पनि जुन ठाउँमा बाढी, पहिरो, डुबानले जुन क्षति भएको थियो अब तत्काल त्यसका लागि पनि डिडिएका सँगसँगै निजी आवासहरु अस्थायी बनाउनुपर्ने ठाउँमा अस्थायी र स्थायी बनाउनुपर्ने ठाउँमा स्थायी बनाउने गरेर कामहरु अगाडि बढाउने कुराहरु पनि भएको छ । चाँडै नै हप्ता दिनभित्रै हामी करिब करिब कामहरु पनि अगाडि बढाउँछौँ ।’

Share This:
सम्बन्धित खबर
Loading...