मन्त्री सिंह र चौधरीद्वारा टियु क्रिकेट मैदान क्षेत्रको अवलोकन

37

काठमाडौँ, ७ चैत । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कीर्तिपुरस्थित टियु क्रिकेट मैदानको अनुगमन गर्नुभएको छ ।

बिहीबार मन्त्री सिंह र चौधरीसहित मन्त्रालयको टोलीले बिहीबार बिहान कीर्तिपुर क्रिकेट मैदान पुगेर प्यारापिट निर्माणको अनुगमन गर्नुभएको हो ।

उक्त अनुगमन गर्दै मन्त्री सिंहले तीव्र गतिमा काम अगाडि बढिरहेको बताउनुभयो । उहाँले नेपाली खेलाडीहरुले आफ्नो क्षमतालाई राम्रो प्रदर्शन गरिसकेका कारणले यस्ता स्टेडियमहरु ठाउँ ठाउँमा बनाउनुपर्नेमा जोड दिइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘वैशाख २४ गतेसम्म काम सक्ने मिति हो । तीव्र रुपमा काम अगाडि बढिरहेको छ । हाम्रो चाहना वैशाख २४ गते नै यो कन्ट्रयाक सम्पन्न भयो भने अहिले क्रिकेले राम्रो गति लिइरहेको छ । नेपाली खेलाडीहरुले आफ्नो क्षमतालाई राम्रो प्रदर्शन गरिसेको कारणले गर्दा यस्ता स्टेडियमहरु ठाउँ ठाउँमा निर्माण गरेर अघि बढ्नुपर्छ भन्ने कुरामा हामीले जोड दिएका छौँ।’

यसैगरी खेलकुदमन्त्री चौधरीले काम सम्पन्न गर्नका लागि तीन सिफ्टमा गर्नुपर्ने बताउनुभयो । उहाँले मूलपानी क्रिकेट मैदानको विकासका लागि पनि अर्थ मन्त्रालयसँग समन्वय भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले हामी तीन सिफ्टमा काम गरिरहेका छौँ । यसरी तीन सिफ्टमा काम गर्न सकेनौँ भने हामीले वैशाख २४ निर्धारित समयमा क्रिकेट ग्राउण्डको काम गर्न सक्दैनौँ ।’

Share This:
सम्बन्धित खबर
Loading...