सडकमै सुतेर ‘नो केबलकार समूह’को विरोध प्रदर्शन

18

काठमाडौँ, ६ चैत । ‘नो केबलकार समूह’ ले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विरुद्धमा सडकमा सुतेर विरोध जनाइरहेका छन् ।

बुधबार काठमाडौँको माइतीघरको सडकमा सुतेर उनीहरुले विरोध जनाएका हुन् ।

गृह मन्त्रालयले ‘नो केबलकार समूह’लाई वार्तामा बोलाए पनि मागहरु सम्बोधन नभएपछि उनीहरु अझै विरोधमा रहेका हुन् ।

सांस्कृतिक सम्पदा मास्ने विकास विनाश भएको भन्दै लामो समयदेखि ‘नो केबलकार समूह’ यसको विरुद्धमा आन्दोलनहरु गर्दै आइरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...