काठमाडौँ, ४ चैत । नेपाली कांग्रेसका प्रमुख सचेतक तथा सांसद श्याम घिमिरेले भूमिसम्बन्धी अध्यादेश अब अध्यादेशको रुपमा आउने सम्भावना समाप्त भएको बताउनुभएको छ ।
सोमबार प्रतिनिधिसभा बाहिर सञ्चारकर्मीहरुसँग कुराकानी गर्नुहुँदै उहाँले त्यसलाई अब परिमार्जित गरेर सबैलाई स्वीकार हुनेगरी कानुनकै रुपमा अगाडि बढाउने बताउनुभयो ।
उहाँले भन्नुभयो,‘भूमिसम्बन्धी अध्यादेश अब अध्यादेशको रुपमा आउने समाप्त भइसकेको अवस्था छ । अब त्यसलाई कसरी हुन्छ परिमार्जित गरेर सबैलाई स्वीकार हुनेगरी कानुनकै रुपमा अगाडि बढाउने हो ।’