काठमाडौँ, १ चैत । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कला र साहित्यले हाम्रा भगोलिक सिमाना पार गरी नवीन चिन्तन, सहिष्णुता र संस्कृतिक समन्वयको मार्ग खुल्ने बताउनुभएको छ ।
शुक्रबार हिमवत खण्ड कला साहित्य, संस्कृति सम्मेलनमा बोल्नुहुँदै उहाँले विभिन्न देश वा समुदायका संगीत, चलचित्र, भाषा र परम्पराहरुको आदानप्रदानले सांस्कृतिक विविधवताप्रति सम्मान तथा रुची बढाउने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘विभिन्न देश वा समुदायका संगीत, चलचित्र, पुस्तक, भाषा र परम्पराहरुको आदानप्रदानले सांस्कृतिक विविधवताप्रति सम्मान तथा रुची बढाउँछ । कला र साहित्यले हाम्रा भगोलिक सिमाना पार गरी नवीन चिन्तन, सहिष्णुता र संस्कृतिक समन्वयको मार्ग खुल्दछ । जसले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ ।’
साथै उहाँले हिमवत खण्डअन्तर्गत नेपालसहित भारत, सिकिम्म, दार्जिलिङ, भुटान, म्यानमारलगायतका क्षेत्रमा बसोबास गर्ने नेपाली भाषीहरुले हाम्रा समुदायका साझा भाषा, संस्कृति, धर्म, मूल्यमान्यता र पहिचानको रक्षा गरेको बताउनुभयो ।
उहाँले हिन्दु, किरात, बौद्धजस्ता साझा धार्मिक आस्था र परम्पराले नेपाली भाषीहरुको जीवनशैलीलाई विशिष्ट पहिचान दिएर एकताको भावना सिर्जना गरेको समेत बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हिमवत खण्डअन्तर्गत नेपालसहित भारतको सिकिम्म, दार्जिलिङ, भुटान, म्यानमार लगायतका क्षेत्रमा बसोबास गर्ने नेपाली भाषीहरुले हाम्रा समुदायका साझा भाषा, संस्कृति,धर्म, मूल्य मान्यता र पहिचानको रक्षा गर्नु भएको छ । हिन्दु, किरात, बौद्धजस्ता साझा धार्मिक आस्था र परम्पराले नेपाली भाषीहरुको जीवनशैलीलाई विशिष्ट पहिचान दिएर एकताको भावना सिर्जना गरेको छ ।’