जनकपुर, २३ फागुन । जनकपुरधामस्थित प्रादेशिक अस्पताल अगाडि रहेको न्यू जनकपुर गेस्ट हाउसमा एक जना पुरुष मृत अवस्थामा फेला परेको छ ।
बिहीबार बेलुकी उक्त गेस्ट हाउसको कोठा नम्बर ३०१ मा ओछ्यानमै अन्दाजी ४० वर्षीय पुरुष मृत फेला परेका हुन् ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहका अनुसार मृत फेला परेका पुरुष महोत्तरीको बनौली ४ का विनोद चौधरीको छोरा सागरकान्त चौधरीको रहेको बताउनुभयो ।
बिहीबार बेलुकी होटल सञ्चालकले चौधरी मृत फेला परेको जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी सो होटलमा पुगेका थिए ।
मृतकको आफन्त हिजो अबेर रातिसम्म नआएका कारण शव होटलको बेडमै रहेको डिएपी सिंहले जानकारी दिनुभयो । उनले मृतकको आफन्त आएपछि मात्र शवको मुचुल्का गरी पोस्टमार्टमका लागि पठाउने बताउनुभयो ।
शवको आज पोस्टमार्टम गरिने र अनुसन्धान आगडि बढाइने धनुषा प्रहरीले जनाएको छ ।