महालेखापरीक्षक घुसमा कहिल्यै संलग्न हुँदैन : तोयम राया

27

काठमाडौँ, २२ फागुन । महालेखा परीक्षक तोयम रायाले हाल राष्ट्रको विकल्प राष्ट्र सुधारबाहेक अरु नरहेको बताउनुभएको छ ।

बिहीबार काठमाडौँमा आयोजित पत्रकारसँग अन्तक्रिया कार्यक्रममा उहाँले राष्ट्र सुधार गर्नका लागि पहिला आफू सुध्रिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रको विकल्प सुधार नै हो, अरु विकल्प छैन । हामी कहिले सुध्रिने हो भन्ने कुरा हामी सबै जमघट भएर छलफल गरेर गर्नुपर्ने हो । सुध्रिन चाहिँ पर्छ यसको विकल्प छैन ।’

यस्तै, उहाँले घुस खाने कुरामा महालेखापरीक्षकको कुनै हिस्सा नभएको भन्दै यसमा ढुक्क हुन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘घुस खुवाएको कुरापनि आएको छ । यस्तो मान्छेहरुको नाम सबैले उजागर गर्नुपर्‍यो । म पनि उजागर गर्छु । यसको साथै विश्वास के दिलाउन चाहन्छु भने महालेखापरीक्षक घुसमा कुनै हिस्सा हुँदैन । हुने छैन । त्यस्तो भएको कतै पाइएछ भने त्यसलाई छोडिने पनि छैन ।’

यस्का साथै उहाँले सुझावहरु कार्यान्वयन नभएको भन्ने गुनासोहरु धेरै आएको भन्दै कतिपय कानुन निर्माण जटिल भएकाले समय लागेपनि सुझावहरु कार्यान्वयन भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सुझावहरु कार्यान्वयन नभएका होइनन्, धेरै भएका छन् । तर, कतिपय कानुन निर्माण जटिल पनि हुन्छन् । यही वर्ष हुन्छ भनेर लेख्नेबित्तिकै टुङ्गिन्छ भन्ने हुँदैन ।’

Share This:
सम्बन्धित खबर
Loading...