प्रधानमन्त्री ओलीद्वारा ग्याल्पो ल्होसारको शुभकामना

22

काठमाडौँ, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले शेर्पा समुदायको मुख्य पर्व ग्याल्पो ल्होसारको शुभकामना दिनुभएको छ ।

शुक्रबार शुभकामना सन्देशमार्फत् उहाँले तिब्बत, सिक्किम र भुटानमा बसोबास गर्ने भोटे समुदाय समेतले ग्याल्पो ल्होसार मनाउने गरेको भन्दै ग्याल्पो ल्होसारको अवसरमा सम्पूर्णमा शुभकामना दिनुभयो ।

सन्देशमा भनिएको छ,‘आज ग्याल्पो ल्होछार, नेपालको उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायको मुख्य पर्व । तिब्बत, सिक्किम र भुटानमा बसोबास गर्ने भोटे समुदाय समेतले ग्याल्पो ल्होछार मनाउँछन् । ग्याल्पो ल्होछारको अवसरमा सबैलाई शुभकामना !’

Share This:
सम्बन्धित खबर
Loading...