कानुन मिचेर जथाभावी गरिएको सरुवा मान्य हुँदैन : अध्यक्ष रेग्मी

57

काठमाडौँ, १५ फागुन । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले स्थानीय तहबाट नियुक्त भएका कर्मचारीहरु सामान्य प्रशासन मन्त्रालयबाटै सरुवा हुनु विल्कुलै गलत भएको बताउनुभएको छ ।

बिहीबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्नुहुँदै उहाँले कुनै पालिकाले कुनै सन्दर्भमा नियुक्त गरेको कर्मचारी आफ्नो अनुकुल हुने ठाउँमा आफ्नो प्रभाव प्रयोग गरेर सरुवा हुन पाउने कुरा कुनै सिद्धान्तले नमिल्ने र गलत रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विभिन्न स्थानीय तहबाट नियुक्त भएका कर्मचारीहरु सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भएर विभिन्न ठाउमा कार्यरत रहनुभएको छ । त्यो विल्कुलै गलत काम भइरहेको छ । त्यो कुनै पनि हालतमा मिल्दैन । एउटा पालिकाले कुनै सन्दर्भमा २०÷२५ वर्ष नियुक्त गरेको कर्मचारी त्यो पालिकाबाट अनुकुल हुने ठाउँमा आफ्नो प्रभाव प्रयोग गरेर चाहेको ठाउँमा सरुवा भएर काम गर्न पाउनुपर्छ भन्ने कुरा कुनै सिद्धान्तले, कुनै कानुनले वा नीतिले मिल्दैन । तर, त्यो भइरहेको छ । त्यो सम्पूर्णरुपमा गलत छ । त्यसमा सुधार गर्नुपर्छ । उहाँहरु जहाँ नियुक्ति हुनुभएको छ त्यहीँ जानुपर्छ ।’

उहाँले कानुन निर्माण गरेर सरुवा गरे जायज हुने भएकाले कानुनको अभावमा जथावाभी गरिएका सरुवा गलत हुने पनि बताउनुभयो ।

बैठकमा लोक सेवा आयोगको ६५ औँ वार्षिक प्रतिवेदनमाथि छलफल भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...