काठमाडौँ, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली र तेश्रो केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडी तथा आयोजकबीच भेटघाट भएको छ ।
भेटका अवसरमा सो कपका अफिसियल उद्घोषक एन्फाका प्रकाश रुचालका क्यान्सर पीडित आमाको उपचारका लागि केपी ओली क्लबका तर्फबाट एक लाख र प्रथम महिला राधिका शाक्यका तर्फबाट एक लाख गरी दुुई लाख हस्तान्तरण गरिएको थियो ।
भेटका अवसरमा अखिल नेपाल फुटबल संघका अध्यक्ष पङ्कज राई, युवा संघका अध्यक्ष क्षितिज थेबेलगायत सहभागी हुनुहुन्थ्यो ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा यही फागुन ११ गतेदेखि सुरु भएको उक्त च्याम्पियनसिप यही फागुन २० गते समापन हुने छ । प्रतियोगिताका विजेताले १५ लाख ११ हजार १११, दोस्रो टोलीले पाँच लाख प्राप्त गर्ने आयोजकले जनाएको छ ।