८४ को चुनावअघि नै पार्टीमा नयाँ नेतृत्व आउँछ : महामन्त्री शर्मा

58

इटहरी, १३ फागुन । राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको कोशी प्रदेशको प्रथम अधिवेशन उद्घाटनका लागि मंगलबार इटहरी आउनुभएका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २०८४ को चुनावअघि नै पार्टीको अधिवेशन सम्पन्न हुने बताउनुभएको छ ।

कांग्रेसमा ८४ को चुनावपछि मात्र महाधिवेशन गर्नुपर्ने आवाज उठिरहेको सन्दर्भमा महामन्त्री शर्माले ८४ को निर्वाचनमा वडादेखि केन्द्रसम्म नयाँ नेतृत्वका साथ पार्टी चुनावमा होमिने शर्माले बताउनुभयो ।

‘नेपाली कांग्रेसको महाधिवेशन ८४ पछि गए हुन्थ्यो भन्ने निर्दोष भावना हो । त्यो भावनाको म मात्रै रेस्पेक्ट गर्छु,’ उहाँले अगाडि भन्नुभयो, ‘जिल्लाका साथीहरु विधानले तोकेको नियमावलीभित्र रहेर टुङ्ग्याउनुस् र हामीले भनेका पनि छौँ नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि बन्नु छ तर क्रियाशील चै नबन्ने अनि महाधिवेशनको मिति तोकेपछि फटाफट गर्नुपर्ने ढोका बन्द भए पछाडि हुँदैन । निर्धारित समयभित्र क्रियाशील सदस्यता नवीकरणको कामलाई व्यवस्थित गरौँ । त्यसपछि महाधिवेशनको ढोका खुल्छ । पार्टीका सबै साथीहरु तयार भए हुन्छ । आगामी ८४ को निवार्चनमा नेपाली कांग्रेस पार्टी प्रतिस्पर्धामा जानुभन्दा अगाडि केन्द्रदेखि लिएर वडा वडासम्म प्रतिस्पर्धा गरी सर्वसम्मतको प्रक्रियाबाट नया नेतृत्व आएर नेपाली कांग्रेस आगामी ८४ को निवार्चनमा जान्छ ।’

Share This:
सम्बन्धित खबर
Loading...