विदेशी दातृ निकायबाट कति पैसा आयो, सदनलाई जानकारी होस् : सांसद सिंह

29

काठमाडौँ, १२ फागुन । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले अहिलेसम्म नेपालमा विदेशी दातृ निकायबाट कति सहयोग आएको छ भन्ने कुरा सरकारले सदनलाई जानकारी गराउनुपर्ने माग गर्नुभएको छ ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्नुहुँदै उहाँले आएको रकम के के कुरामा खर्च भयो भन्ने कुरामा सरकार मौन बस्न नमिल्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सार्वभौम देशको सार्वभौम जनता हौँ । कति पैसा धर्मानान्तरणमा भयो, कति जातजात लडाउनेमा भयो, कति देश टुक्राउनेमा लगानी भयो यसको सम्पूर्ण जानकारी राख्ने हक सदनलाई छ । दातृ निकायबाट कति सहयोग आएको छ त्यो सरकारले सदनलाई जानकारी गराउनुपर्दछ । ’

उहाँले नेपाल ग्रे–लिष्टमा पर्नुको कारण पनि अर्थमन्त्रीले सदनलाई जानकारी गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले अहिलेको सरकारलाई कति पैसा एनजिओबाट नेपाल आयो र के मा लगानी भयो भनेर श्वेतपत्र जारी गर्न माग गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...