सिरहा, ३ फागुन । सिरहा गोलबजार नगरपालिला वडा नम्बर ४ शिव मन्दिरस्थित क्याम्पस रोडबाट लागुऔषध (ब्राउनसुगर) १ ग्राम १९० मिलिग्रामसहित ३ जना व्यक्ति पक्राउ परेका छन् ।
शुक्रबार इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले क्याम्पस रोडबाट शिव मन्दिरतर्फ आउँदै गरेको स ३ प ६३४४ नम्बरको १२५ मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाईकल चालक २० वर्षीय पंकज मण्डल र सोही मोटरसाइकल पछाडि सवार २८ वर्षीय अरबिन्द सिंह दनुवार र वर्ष २६ को रविन मुखिया पक्राउ परेका हुन् ।
उक्त विषयमा थप अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय गोलबजार जानकारी दिएको छ ।