मधेस प्रदेश सभा अगाडि मुख्यमन्त्री सिंहको पुत्ला दहन

6

जनकपुर, १० माघ । जनकपुरधामस्थित मधेस प्रदेश सभा भवन अगाडि मुख्यमन्त्री सतिश कुमार सिंहको पुत्ला दहन गरिएको छ ।

बुधबार प्रदेश सभामा प्रस्तुत गरिएको कामकाजको भाषासम्बन्धी विधेयकमा विभेद गरेको भन्दै जनकपुरधामका युवाहरुले मुख्यमन्त्री सिंहको पुतला दहन गरेका हुन् ।

मगही भाषालाई उपेक्षित गरेर विधेयकमा स्थान नदिएको भन्दै युवाहरुले विरोध जनाएका छन् । चार लाखभन्दा बढीले बोलिने भाषालाई विधेयकमा नराखिएकोमा उनीहरुले आक्रोश व्यक्त गरेका हुन् । मधेस प्रदेश सरकारले विधेयक नसच्याए झन बढी विरोध गर्ने र भाषा र पहिचानको लागि लडिरहने उनीहरूको भनाइ छ ।

विरोध प्रदर्शनमा युवाहरुले पहिचानवादी सरकार मुर्दावाद, मुख्यमन्त्री राजीनामा दे, मुख्यमन्त्री मुर्दावाद, शिक्षामन्त्री मुर्दावादका नारा लगाएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...