डेढ किलो गाँजासहित ३ जना पक्राउ

2

पोखरा, ९ माघ । अवैध लागु औषध बेच्दै गर्दा बागलुङको गलकोटबाट तीन जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय गलकोट बागलुङबाट प्रहरी निरीक्षक देवराज काफ्ले समेतको प्रहरी टोलीले गलकोट नगरपालिका वडा नम्बर ८ थालेपोखरास्थित गैराडाँडाबाट तीन जना पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरुमा गलकोट नगरपालिका वडा नम्बर ८ थालेपोखरा बस्ने ५१ वर्षीय ओम बहादुर कामी, सोही ठाउँका ३७ वर्षीय गुन्ज बहादुर विक र २६ वर्षीय कृष्ण विक रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवम् डिएसपी बिजय यादवले जानकारी दिनुभयो । उनीहरुलाई अवैध लागुऔषध गाँजा किनबेच गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीको दाबी छ ।

उनीहरुको साथबाट लागुऔषध गाँजा एक किलो ४३६ ग्राम बरामद भएको पनि डिएसपी यादबले बताउनुभयो ।

पक्राउ परेका तीनै जनाविरुद्ध बागलुङ जिल्ला अदालतबाट लागुऔषधसम्बन्धी कसुर मुद्दामा पाँच दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...