मुलुकमा सुशासन क्रान्ति आवश्यक छ : पूर्ण बस्नेत

6

काठमाडौँ, ५ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले मुलुकमा सुशासन क्रान्ति आवश्यक रहेको बताउनुभएको छ ।

मुलुकमा राजनीतिक परिवर्तनका लागि पटकपटक संघर्ष, आन्दोलन र ठुलो बलिदानी भएको भन्दै बस्नेतले मुलुकलाई समृृद्धिको बाटोमा डोर्‍याउन अबको क्रान्ति सुशासनका लागि हुनुपर्ने बताउनुभएको हो ।

बस्नेतले भन्नुभयो, ‘मुलुकमा राज्यले नागरिकलाई उपलब्ध गराउने वस्तु तथा सेवाहरु सरल, सहज र न्यायिक रुपमा उपलब्ध गराई नागरिकलाई सुखद् अनुभूति दिनु सुशासन हो भन्ने मान्यता स्थापित हुुनै सकेन । नागरिकका निजी दुःख र मुलुकमा कुशासन बढेको बढ्यै छ ।’

शिक्षा, स्वास्थ्य जस्तो आधारभूत सेवा र वस्तुहरुमा नागरिकहरुको पहुँचलाई सरल र सहज बनाउनुपर्ने उहाँको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...