पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने २ जना पक्राउ

16

काठमाडौँ, २४ पुस । वैदेशिक रोजगारमा पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सप्तरी बिष्णुपुर गाउँपालिका-७ घर भइ काठमाडौँ महानगरपालिका-३१ बस्ने ३१ वर्षीय कृष्ण यदुवंशी र गोरखा घर भइ काठमाडौं महानरगपालिका-२६ सामाखुसी बस्ने ३७ वर्षीय राजेश बराम रहेका छन् ।

पक्राउ परेकामध्ये कृष्णले पोल्याण्ड पठाइदिन्छु भन्दै पीडितहरूबाट ७२ लाख ४८ हजार १५० रूपैयाँ र राजेशले ८ लाख ९० हजार रूपैयाँ लिइ सम्पर्कबिहीन भएको भन्ने खुल्न आएपश्चात काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कृष्णलाई काठमाडौँ महानगरपालिका-३१ बाट र राजेशलाई काठमाडौँ टेकुबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ भद्रकाली पठाइएको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...