जनकपुर बोल्ट्सको ‘टाइटल स्पोनसर’मा डिएनए इन्टरनेसनल नेपाल

19

काठमाडौँ, ११ मंसिर । जनकपुर बोल्ट्सले ‘टाइटल स्पोनसर’ को रुपमा डिएनए इन्टरनेसनल नेपालसँग सम्झौता गरेको छ ।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच ड्रिम स्पोर्टसको स्वामित्वमा रहेको जनकपुर बोल्ट्सले डिएनए इन्टरनेसनल नेपालसँग सम्झौता गरेको हो ।

रन्जना ट्रेड सेन्टरको आधिकारिक विक्रेता रहेको डिएनए इन्टरनेसनल नेपाल क्लोथिङ म्यानिफ्याक्चरिङ कम्पनी हो । डिएनए इन्टरनेसनल नेपाल ८ वर्षअघि नेपालमा स्थापना भएको कम्पनी हो । यसले अहिले नेपालमा आफ्नो बजार व्यवसाय गरिरहेको छ भने भविष्यमा एमाजनहरुबाट विश्व बजारमा जाने योजना रहेको छ ।

सोही क्रममा जनकपुर बोल्ट्सका निर्देशक अमित श्रेष्ठले टाइटल स्पोन्सरको रुपमा डिएनए इन्टरनेसनल नेपाललाई जनकपुर बोल्ट्समा स्वागत गर्न पाउदा खुसी लागेको बताउनुभयो ।

आसिफ शेख माकी खेलाडी रहेको जनकपुर बोल्ट्सले न्युजिल्यान्डका प्रसिद्ध क्रिकेटर जिमी निसमलाई अनुबन्ध गरिसकेको छ । बोल्ट्समा अन्य विदेशी लाहिरु मिलान्या लगायतका खेलाडी छन् । मुख्य प्रशिक्षकमा नेपालका पूर्वप्रशिक्षक पुबुदु दासानायके र प्रशिक्षकमा मनोज कटुवाल रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...