गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरू

0

चितवन, २१ जेठ । रोकिएको गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरू भएको छ ।

बागमती प्रदेश सरकारबाट बजेट निकासामा ढिलाइ भएकाले यसअघि भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले एक महिना निर्माण कार्य रोकेको थियो । बागमती प्रदेश सरकारबाट नौ करोड रूपैयाँ निकासा भएपछि निर्माण कार्य पुनः सञ्चालन भएको भरतपुर महानगरपालिकाका इञ्जिनियर आदर्श पोखरेलले जानकारी दिनुभयो ।

महानगरपालिकाका डिभिजन इञ्जिनियर सन्तोष आचार्यले निर्माण कम्पनीलाई बिल अनुसारको भुक्तानी भइसकेको बताउनुभयो । रङ्गशालाको निर्माणको काम हिमालयन कालिञ्चोक बिबिआर जेभीले गर्दै छ ।

ठेक्का सम्झौताको म्याद आगामी पुस २२ गते सकिन्छ । हाल ५५ प्रतिशत काम पूरा भएको छ । विसं २०८१ असारमा भरतपुर महानगरपालिका र निर्माण कम्पनीबिच २०८३ पुस २२ गते काम सक्ने गरी कुल ७५ करोड ५० लाख ९१ हजार १८९ रूपैयाँमा सम्झौता भएको थियो ।

धुर्मस–सुन्तली फाण्डेशनले काम गर्न नसकेपछि महानगरपालिकाले बोलपत्रमार्फत काम थालेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...