विद्युतीय गाडीमा सूचना चुहावट गरेको प्रमाण दिन अर्थमन्त्रीको चुनौती

14

काठमाडौँ, २८ जेठ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विद्युतीय सवारी साधनसम्बन्धी कर निर्धारणमा सूचना चुहावट गरेको पुष्टि गर्न चुनौती दिनुभएको छ ।

सार्वजनिक लेखा समितिको आजको बैठकमा उहाँले आफूविरुद्ध नियोजित रूपमा भ्रम फैलाउने र बदनाम गर्ने प्रयास भइरहेको बताउनुभयो ।

“दुई अर्ब होइन, दुई रुपैयाँ मात्र बेइमानी गरेको प्रमाण दिनुस् । म अर्थमन्त्री र राजनीति मात्र होइन, सार्वजनिक जीवन नै त्यागिदिन्छु,” अर्थमन्त्री डा वाग्लेले भन्नुभयो, “यस्तो नैतिक प्रतिबद्धता अरू राजनीतिकर्मीमा पनि छ ?”

Share This:
सम्बन्धित खबर
Loading...