एसिया रग्बीको सेमिफाइनलमा नेपाल पराजित

7

काठमाडौँ, १९ असोज । घरेलु टोली नेपाल एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ को च्यालेन्ज सेमिफाइनलमा पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शनिबार बिहान भएको खेलमा पुरुष टोली कतारसँग ३३–० को स्कोरमा पराजित भएको हो ।

नेपाल समूहचरणका तीनवटै खेलमा पराजित भएको थियो । नेपालले अब तेस्रो च्यालेन्जमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

यसैगरि आज भएको अर्को खेलमा पाकिस्तानले अफगानिस्तानलाई २६–१० को स्कोरमा पराजित गरेको छ ।
फिलिपिन्सले भने बहराइनलाई १९–१४ ले पराजित गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...