१४ वटा जिल्ला संकटग्रस्त घोषणा

18

काठमाडौँ, १८ असोज । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले पछिल्लो साता परेको पानी र त्यसले पुर्‍याएको क्षतिबारे समीक्षा गर्दै संकटग्रस्तका रुपमा १४ वटा जिल्ला घोषणा गरेको छ ।

शुक्रबार सिंहदबारस्थित जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालयमा गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले काठमाडौँ उपत्यका सहितका केही जिल्लालाई संकटग्रस्त घोषणा गर्ने निर्णय गरेको सहसचिव वसन्त अधिकारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘ताप्लेजुङ, काभ्रे, पाँचथर, काठमाडौँ, ललितपुर, सङखुवासभा, भक्तपुर सोलुखुम्बु, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर सिन्धुपाल्चोक र धादिङ जिल्ला बढी प्रभावित भएको देखियो । यी जिल्लाहरुमा संकटग्रस्त जिल्ला घोषणा गरिने छ ।’

स्थानीय तहलाई तोक्ने कुरामा छलफल जारी रहेको भन्दै छलफल गरेर सङ्ख्या तोक्ने उहाँले जानकारी दिनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...