काठमाडौँ, १७ असोज । हनुमानढोकास्थित दसैँघरमा दसैँको जमरा राखी घटस्थापना गरिएको छ ।
बिहीबार बिहान ९ः१६ को शुभ साइतमा वैदिक विधिपूर्वक घटस्थापना गरिएको हो । हनुमानढोकामा पुरातत्व विभाग अन्तर्गतको दरबार हेरचाह अड्डाले दसैँ घरमा दियो, कलश र गणेश स्थापना गरी विधिपूर्वक घटस्थापना गरेको हो ।
हनुमानढोकाको दसैँ घरमा राखिएको जमरालगायत टीका प्रसाद ग्रहण गर्न चाहनेका लागि वितरण गर्ने गरिएको छ ।
