बाढीले बगाएका दुई जनालाई उद्धार गर्ने चणिकलाल कार्यवाहक प्रधानमन्त्रीको सम्मान

41

काठमाडौँ, १४ असोज । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नख्खु खोलाले बगाएका दुई जनाको उद्धार गर्ने चणिकलाल तामाङले देखाएको साहसको प्रशंसा गर्दै सम्मान गर्नुभएको छ । सोमबार सहरी विकास मन्त्रालयमा कसिंहले तामाङलाई सम्मान गर्नुभएको हो ।

तामाङले शनिबार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गर्नुभएको थियो । कार्यवाहक प्रधानमन्त्री सिंहले मानवीय भावना देखाएर नदीमा बगिरहेकाहरुको उद्धार गरेको भन्दै तामाङको साहसी कामको प्रशंसा गर्नुभयो ।

‘तपाईंले आफैँलाई जोखिममा राखेर उद्धारमा खटिनुभयो । मानवीयता देखाउनुभयो । तपाईंको साहसको उच्च प्रशंसा गर्दछु,’ उहाँले भन्नुभयो, ‘सरकारले अहिले राहत र उद्धारमा काम गरिरहेको छ । घाइतेहरुको उपचारको जिम्मा लिने भनेर घोषणा गरिसकेको छ । घाइतेको उपचारमा सरकारले प्राथमिकताका साथ काम गरिररहेको छ । ’ तामाङले घाइतेहरुको उपचारमा विशेष ध्यान दिन आग्रह गर्नुभएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...