आधुनिक दसैँ

122

पहिले पहिले मित्रता गाँस्ने पुरानो दसैँ
अहिले सम्बन्धमा कुरुपता ल्याउँदै गएको छ ।
पहिले पिङ खेल्ने साथी खोज्दै हिँड्ने दसैँ
अहिले पिङ खेल्ने साथी विदेश पठाउँदै छ ।

पहिले ठुलाबडाको आशीर्वाद माग्ने विशेष दसैँ
अहिले Facebook, Tiktok मा गिफ्ट माग्दै छ ।
पहिले डाँडाको चौतारीमा पिङमा हल्लिने दसैँ
अहिले भट्टी पसलतिर साथी हल्लाउँदै छ ।

पहिले सेलरोटी, चिउरा, केरा खुवाउने दसैँ
अहिले ह्वीस्की, बिएर, वाइन खुवाउँदै छ ।
पहिले छोराको बाटो कुराउने पुरानो दसैँ
अहिले आमा छोरो विदेश उडाउन एयरपोर्ट पुर्‍याउँदै छ ।

पहिले टारी खेतमा मार्सी धान झुलाउने दसैँ
अहिले ठुला बिल्डिङ्गले मरुभूमि बनाउँदै छ ।
पहिला दशैंको दिन मात्रै लगाइने रातो टीका जमरा
अहिले महिनौँ दिन पहिलेदेखि लगाइँदै छ ।

दुर्गा माताको पूजा गरिने त्यो सांस्कृतिक दसैँ
अहिले भाइरल दाताको पूजा गरिँदै छ ।
यही त फरक छ सम्झनामा परम्परागत दसैँ
साह्रै भड्किलो बन्दै आउँदै छ आधुनिक दसैँ

सम्पूर्णमा विजया दशमी २०८१ को हार्दिक मंगलमय शुभकामना 🙏

कमल खड्का
झिमरूक-२ प्युठान

Share This:
सम्बन्धित खबर
Loading...