ऐतिहासिक पदक विजेता एरिका गुरुङ स्वदेश फिर्ता

32

काठमाडौँ, ८ असोज । चीनको हाङ्जाउमा आयोजित २०औँ एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक विजेता एरिका गुरुङ स्वदेश फर्किएकी छन् ।

मंगलबार च्याम्पियनसिपमा रजत पदक जितेकी गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको हो ।

चीनको हाङचाउमा भएको प्रतियोगिताको महिला ६८ केजी तौल समूहमा नेपाली कराँते खेलाडी भियतनामकी नाओन थी नुयेनसँग ६–० ले पराजित भइन् ।

तर, एसियाली कराँतेको सबैभन्दा ठुलो प्रतियोगितामा नेपालले पहिलो पटक पदक जितेको हो । एक वर्षअघि हाङचाउमै भएको १९औँ एसियाली खेलकुदको कराँतेमा पनि उनले रजत पदक जितेकी थिइन् ।

Share This:
सम्बन्धित खबर
Loading...