प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

74

काठमाडौँ, ४ असोज । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा जारी संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिनका लागि प्रस्थान गर्नुभएको छ ।

शुक्रबार राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री केपी ओली नेतृत्वको टोली अमेरिका प्रस्थान गरेको हो ।
टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साललगायत रहेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीले असोज १० गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उद्घाटन सत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ । कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री असोज १४ गते स्वदेश फर्कनेछन् ।

Share This:
सम्बन्धित खबर
Loading...