राजस्व परिचालन प्रभावकारी नभए अर्थतन्त्र सुधार हुँदैन : अर्थमन्त्री पौडेल

49

काठमाडौँ, २७ भदौ । अर्थमन्त्री विष्णु पौडेलले राजस्व परिचालन प्रभावकारी रुपमा सञ्चालन गर्न नसकिएमा अर्थतन्त्रमा सुधार गर्न नसकिने बताउनुभएको छ ।

बिहीबार काठमाडौँमा आयोजित भन्सार व्यवस्थापन गोष्ठी–२०८१ कार्यक्रममा उहाँले राजस्व परिचालनको दृष्टिकोणले अहिले धेरै चुनौतीहरु देखिएको भन्दै राजस्व परिचालन प्रभावकारी रुपमा गर्न सकिएन भने अर्थतन्त्रमा सुधार गर्न नसकिने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘आजभोलि चलनचल्तीको भाषा छ–अर्थतन्त्र अहिले दबाबमा छ । राजस्व परिचालनको दृष्टिकोणले अहिले चुनौतीहरु छन् । वास्तबमा म चाँही यो दवाब व्यक्तिगत रुपमा गहिरो रुपमले हेरिरहेको छु । कति भुक्तानीहरु गर्न बाँकी छन् । यदी राजस्व परिचालन प्रभावकारी रुपमा गर्न सकेनौँ भने कसरी अगाडि बढ्न सकौला भन्ने चिन्ता छ ।’

उहाँले विगतको तुलनामा अर्थतन्त्रमा केही सुधार भएको भएता पनि त्यसैमा चित्त बुझाएर बस्ने अवस्था नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘गत वर्षको तुलनामा केही प्रगति भएको भएता पनि त्यसलाई तुलना गरेर त्यसमा नै चित्त बुझाएर बस्ने अवस्था छैन ।’

अर्थमन्त्री पौडेलले भन्सार विभागका कर्मचारीहरुलाई सेवाग्राहीहरुप्रति मैत्रीपूर्ण व्यवहार गर्दै उच्च मनोबलकासाथ काम गर्न निर्देशन समेत दिनुभयो ।

उहाँले भन्नुभयो,‘भन्सार विभागका सबै कर्मचारी उच्च मनोबलकासाथ काम गर्नुहोस् । सबै सेवाग्राहीहरुमा मैत्रीपूर्ण व्यवहार गुर्नुहोस् । र भन्सारका सदस्यरुले दुरुपयोग गर्न सम्भव छैन भन्ने बुझ्नुहोस् ।’

Share This:
सम्बन्धित खबर
Loading...