रवि लामिछाने ठग र भ्रष्टाचारी हुन् भन्ने प्रमाणित गर्न सक्छु : मुकुल ढकाल

30

काठमाडौँ, ७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा.मुकुल ढकालले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिनुभएको छ । उहाँलाई बुधबार अन्तिम पटक स्पष्टीकरण सोध्ने पार्टी केन्द्रीय समितिले निर्णय गरेसँगै ढकालले शुक्रबार स्पष्टीकरणको जवाफ दिनुभएको हो ।

जवाफ लेख्दै उहाँले आफूले पार्टी हितविपरीत कार्य नगरेको बरु रास्वपा जोगाउन लागिपरेको दाबी गर्नुभएको छ । साथै ढकालले सभापति रवि लामिछानेमाथि आरोप नै आरोपसमेत लगाउनुभएको छ ।

उहाँले लेख्नुभएको छ, ‘रवि लामिछाने तपाईं ठग, भ्रष्टाचारी र राहदानी दुरूपयोग गर्ने अपराधी हो भनेर प्रमाणित गर्नसक्छु । कारबाहीको दुस्साहस गर्दै हुनुहुन्छ, सक्नुहुन्छ भने मलाई गलत सावित गर्नुहोस् । तपाईंको कुकर्मको पर्दाफास गर्नु पार्टीविरूद्ध लाग्नु होइन यो पार्टी हितमा हो । राष्ट्रिय ठगको चर्चा राष्ट्रियस्तरमा हुन्छ । पार्टीभित्र मात्र सीमित हुँदैन । तपाईं जस्तो ठग, भ्रष्ट र अपराधीको कब्जाबाट पार्टीलाई मुक्त गराएरै छाड्छु ।’

साथै सहकारी मुद्दामा सभापति लामिछाने ६–८ वर्ष वा त्योभन्दा बढी जेल जान सक्ने उहाँले बताउनुभएको छ । भ्रष्टाचार मुद्दामा पनि जेल जान सक्ने उहाँको जवाफ छ ।

‘राहदानी दुरुपयोगमा तपाईंले कहिले निर्वाचनमा भाग लिन पाउनुहुन्न । सँगै अन्य धेरै ठाउँमा किर्ते, ठगीमा संलग्न हुनुहुन्छ । आफू ठगी, भ्रष्टाचारी र राहदानी दुरुपयोगको अपराधी होइन भनेर प्रमाणित गर्नुको सट्टा तपाईं दुराशयका साथ ममाथि कारबाहीको प्रयास गर्दै हुनुहुन्छ । आम पार्टी सदस्य एवम् नेता गणका राजनीतिक भविष्यलाई तपाईंले कसरी आफ्नो निहित स्वार्थका लागी प्रयोग गरिरहनुभएको छ । म त छर्लङ्गै छु र पार्टीमा तपाईंले गरेको कुकर्मको पर्दाफास गर्नु पार्टीको संस्थापकको हैसियतले मेरो कर्तव्य हो,’ उहाँले भन्नुभएको छ ।

सभापति लामिछानेले आफ्नो वाक कलाको आधारमा जनतालाई भ्रमित पारेको उहाँले आरोप लगाउनुभएको छ । प्रश्न गर्नेलाई कारवाहीको डन्डा चलाउने दुस्साहस गरेको पनि बताउनुभयो ।

 

Share This:
सम्बन्धित खबर
Loading...