प्रतिनिधि सभा बैठक आज : प्रधानमन्त्रीसँग सांसदहरूको सवाल–जवाफ

61

काठमाडौँ, ६ भदौ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक संसद् भवन नयाँबानेश्वरमा बस्ने छ ।

आजको बैठकमा सभामुखले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने छन् ।

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।

संसद डा.तोसिमा कार्कीले ‘हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य सङ्कटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउनु पर्ने’ भन्ने सार्वजनिक महत्वको विषयमाथि स्वास्थ्य तथा जनसंख्यामन्त्रीको ध्यानाकर्षण गराउने छिन् ।

आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्तुत कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

यस्तै, आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन)विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचना निर्णयार्थ प्रस्तुत गरिने बताइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...