परराष्ट्रमन्त्री राणा आज भारत जाँदै

30

काठमाडौँ, २ भदौ । परराष्ट्रमन्त्री आरजु राणा देउवा आइतबार पाँच दिने भारत भ्रमणमा जाने हुनुभएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री राणा आइतबार नयाँ दिल्ली प्रस्थान गर्ने कार्यतालिका छ । भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा उहाँ भारत भ्रमणमा जान लाग्नुभएको हो ।

भारत भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री जयशंकरसँग द्विपक्षीय वार्ता गर्नु हुनेछ । दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतीय विदेश मन्त्रालयले पनि विज्ञप्ति जारी गरेर परराष्ट्रमन्त्री राणा नयाँ दिल्ली आउन लागेको जानकारी दिएको छ ।

परराष्ट्र मन्त्रीको भ्रमण नेपाल र भारतबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्पराअनुसार भएको जनाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...