पुरुष कलाकारलाई सहज छ तर महिलाहरु पारिश्रमिकमै ठगिन्छन् : सुरक्षा पन्त

38

काठमाडौँ, ३१ साउन । नायिका सुरक्षा पन्तले कलाकारिता क्षेत्रमा महिला भएकै कारण पुरुषको भन्दा कम पारिश्रमिक लिएर काम गर्नुपर्ने समस्या रहेको गुनासो गर्नुभएको छ ।

नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा उहाँले महिला भएको कारण नै कलाकारिता क्षेत्रमा अब्बल र प्रतिभावान महिला कलाकारहरुले न्यून पारिश्रमिकमा काम गर्नुपरेको समस्या सुनाउनुभयो । त्यस्तै उहाँ महिलाले निर्माता भएर काम गर्दैगर्दा विश्वासको वातावरण सिर्जना गर्न कठिन हुने पनि बताउनुहुन्छ ।

‘महिला भएकै कारणले गर्दा भोग्नुपरेका समस्याहरु अनेकौँ छन् । पारिश्रमिकको कुरामा धेरै नै विवाद गरिरहनुपर्ने हुन्छ । निर्माताहरु महिला कलाकारलाई भन्दा पारिश्रमिक पुरुषहरुले बढी दिन रुचाउँछन् । महिला जति नै सक्षम र प्रतिभावान भएपनि पुरुषहरुले बढी नै पारिश्रमिक लिन्छन्,’ उहाँले अगाडि भन्नुभयो,‘ पारिश्रमिक लिनेक्रममा हामीले धेरै नै संघर्ष गर्नुपर्छ । झ्याप्प विश्वास गर्दैनन् । भोलि मैले कथा लेख्दै छु लगानी गरिदिनुहोस् भन्दा पनि विश्वास नगर्न सक्छन् ।’

फिल्म क्षेत्रमा वास्तवमा महिलाहरुलाई एकदमै समस्या हुने गरेको सुनाउनुभयो । आफ्नो माहोल बनाउन वा अवस्था परिवर्तन गर्न छुट्टै मेहनत गर्नुपर्ने उहाँको बुझाइ छ ।

विशेषगरी ग्रामिण क्षेत्रबाट आउने प्रतिभाहरुलाई अझ बढी समस्या हुने गरेको उहाँले सुनाउनुभयो । आउने, बस्ने, धाउने खर्च व्यवस्थापन गर्न, प्रोजेक्टहरु हात पार्न र आफूभित्र रहेको प्रतिभा देखाउन धेरै संघर्ष गर्नुपर्ने उहाँको अनुभव छ ।

Share This:
सम्बन्धित खबर
Loading...