एमाले र कांग्रेसको षड्यन्त्रकारी सहमति शान्ति प्रक्रिया उल्ट्याउने खेल : देव गुरूङ

42

काठमाडौँ, १९ असार । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले एमाले र कांग्रेसले मध्यरातमा षड्यन्त्रकारी ढंगले संविधान शंसोधनको गर्ने सहमति गरेर मुलुकलाई प्रतिगमनको दिशातिर लगेको टिप्पणी गर्नुभएको छ ।

बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उहाँले संविधानबारे सरोकारवालाहरुसँगको छलफल वा परामर्शको प्रक्रियाबाट गएर संविधान संशोधनको दिशाबाट जानुको सट्टामा मध्यरातमा षड्यन्त्रकारी ढंगले संविधान शंसोधन गर्ने कुरा उठाइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘मध्यरातमा नेपाली कांग्रेस र एमालेकोबीचमा सरकार गठनको लागि जुन सहमति भयो भनेर मिडियामा आइरहेको छ, त्यो नेपालको राजनीतिक इतिहासमा एउटा परिघटना हो । यसलाई समग्रतामा प्रतिगमनको दिशातिर अघि बढीरहेको भन्ने थाहा हुन्छ । संविधानका सरोकारवालासँग छलफल परामर्शको प्रक्रियाबाट गएर संविधान संशोधनको दिशाबाट जानुको सट्टामा मध्यरातमा अदृश्य रुपमा षड्यन्त्रकारी ढंगले अघि बढ्नु सान्दर्भिक होइन ।’

शान्ति प्रक्रिया पश्चात प्राप्त गरेका उपलब्धिहरुलाई नै निशाना गरेर त्यसलाई उल्ट्याउने कोणबाट संविधान संसोधनको चर्चा भएको उहाँको भनाइ छ । उहाँले वर्तमान उपलब्धि उल्टाएर ०४७ सालको संविधानको दिशामा लान खोजेको त होइन भन्दै आशंका व्यक्त गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...