काठमाडौँ, १६ असार । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले लोकतन्त्र खतरामा परे जनताले नै जोगाउने भन्दै नेताहरुले चिन्ता लिन आवश्यक नरहेको बताउनुभएको छ ।
आइतबार नेकपा (एकीकृत समाजवादी)को महाधिवेशन उदघाटन सत्रलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रलाई खतरा जनताबाट नभइ नेताहरुबाट नै भएको भन्दै नेताहरुले चिन्ता गर्न आवश्यक नरेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘ लोकतन्त्र हामीले चिन्ता गर्ने विषय भयो, चिन्ता गर्नुपर्दैन । लोकतन्त्रलाई खतरा छ भने हामीबाट मात्रै छ । जनताबाट छैन । पटक्कै छैन खतरा परिहाले जनताले नै जोगाउँछन् । एउटा परिस्थिति आयो त्यसले तपाईंहरुको पार्टीलाई जन्मायो । यहाँहरुलाई लाग्यो कि लोकतन्त्रमा खतरा छ ।’
नेताहरूले साँच्चै चिन्ता गर्ने हो भने नेतृत्व वर्गले एक ठाउँमा उभिएर कसरी ठुला ठुला विकासको काम गर्न सकिन्छ त्यतातिर ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।