‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा मेरो हो : झलनाथ खनाल

18

काठमाडौँ, १६ असार । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा आफ्नो भएको जिकिर गर्नुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले भन्दै आएको नारा आफ्नो भएको जिकिर गर्नुभएको हो ।

एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनका क्रममा आइतबार उहाँले एमालेको नवौँ महाधिवेशनमा आफूले उक्त नारा प्रयोगमा ल्याएको बताउनुभयो ।

समृद्ध नेपाल, सुखी नेपालीको नारा नवौँ महाधिवेशनमा मैले ‘क्वाइन’ गरेको हो । अहिले केही साथीहरू त्यसको नारा लगाएर हिँडेका छन्,’ उहाँले भन्नुभयो । उहाँले नेतृत्व चयनका सवालमा सहमति नभए प्रतिस्पर्धाको बाटोमा समेत जान सकिने बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...