काठमाडौँ, १६ असार । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले तीन वर्षको घाउ अझै आलो भएकै कारण एमालेका अध्यक्ष केपी ओली महाधिवेशनमा नआएको बताउनुभएको छ ।
आइतबार आफ्नो पार्टीको दशौँ महाधिवेशन उदघाटन सत्रलाई सम्बोधन गर्दै उहाँले एमालेका अध्यक्ष केपी ओलीलाई दश पटक फोन गर्दा नलागेपछि पिएहरुलाई म्यासेज पठाउँदासम्म महाधिवेशनमा नआएको भन्दै तीन वर्षको घाउ आलो भएकै कारणले नआएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेकपा (एमाले) किन आएन भन्ने लागेको होला, मैले आफैँले दशौँ पटक फोन गरेको छु । उहाँका पिएहरुलाई लगातार फोन गरेको छु । म्यासेज पनि पठाएको छु डिटेलमा । म्यासेज पाएको पनि सूचना पाएको छु । तर, तीन वर्षको घाउ अझै पनि आलो छ । त्यसैको असर बाँकी होला । राजनीतिमा यस्तो कुरा पचाएर जान सक्नुपर्छ । नआउँदाको गुनासो धेरै कुरा नगरौँ । राजनीतिमा घृणा भाव राख्नुपर्ने आवश्यक छैन । यात्रामा यस्तो भइरन्छ ।’
अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हिजो संसद विघटन गरेर ठिक गर्नुभयो भन्नेले भोलि फेरि विघटन गर्दिन सक्ने कुरालाई ख्याल गर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो,‘ ‘प्रधानमन्त्रीज्यू अहिले पनि सुन्दैछु, संसद विघटन ग