राष्ट्रिय र गैरराष्ट्रिय शक्तिहरुबीच प्रतिस्पर्धाको राजनीति भइरहेको छ : ओली [भिडिओ]

38

काठमाडौँ, १४ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय र गैरराष्ट्रिय शक्तिहरुबीच प्रतिस्पर्धाको राजनीति भइरहेको बताउनुभएको छ ।

शुक्रबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राष्ट्रिय र गैरराष्ट्रिय शक्तिहरुबीच प्रतिस्पर्धाको राजनीति भइरहेको भन्दै नेकपा (एमाले) राष्ट्रिय शक्तिलाई निर्णायक शक्तिमा विकास गर्ने अवस्थामा पुगेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको राजनीति राष्ट्रिय र गैरराष्ट्रिय शक्तिबीचको प्रतिस्पर्धाको राजनीति हो । नागरिकता होल्ड गर्दैमा कोही व्यक्ति राष्ट्रवादी भैहाल्छ भन्ने छैन । यसरी दुईधारबीचको प्रतिस्पर्धा छ । अहिले हामीले राष्ट्रिय शक्तिलाई निर्णायक शक्तिमा विकास गर्ने अबको आवश्यकता भयो । हामी त्यस ठाउँमा पुगेका छौँ। यो शक्ति सन्तुलनको स्थिति हो सधैँ यस्तै रहन सक्दैन । जबजले यसरी रन नदिएर दक्षिणपन्थी शक्तिहरूलाई अगाडि जाने भन्दा राष्ट्रिय शक्तिलाई अगाडि बढाउने कुरामा सहज बनाउँछ ।’

अध्यक्ष ओलीले देशको अग्रगमनका लागि जननेता भण्डारीको अगुवाइमा एमालेले जनताको बहुदलीय जनवादलाई प्रतिपादन गरेको बताउनुभयो । जनताको बहुदलीय जनवादले अझै राम्रो मौका पाउने हो भने मार्गदर्शनको सिदान्त रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हामी जनताको बहुदलीय जनवादप्रति आफ्नो स्वार्थ पूरा गर्नको लागि होइन । मौका मिले जबज कार्यक्रम हो । मौका नमिले होइन । अझै राम्रै मौका मिल्ने हो भने सिद्धान्त हो अझै राम्रो मौका पाउने हो भने मार्गदर्शन सिद्धान्त नै हो । स्वार्थ पूरा नहुने हो भने केही पनि होइन, नभए होइन । जनवादप्रति हाम्रो निष्ठा यस्तो खालको मौका परस्त होइन । मदन भण्डारीको अगुवाइमा भएको हुनाले जनवाद कसरी छाड्ने भन्ने होइन । यो देशको अग्रगमनका लागि जननेता भण्डारीले उहाँको अगुवाइमा नेकपा एमालेले जनवादलाई प्रतिपादन गरेको हो । यो कुनै ध्यानबाट तपबाट कठोर तपस्या यस्ताबाट होइन । ध्यान देश जनता र देशको समस्या समाधान गर्नेप्रति दिएर गरेको हौँ ।’

Share This:
सम्बन्धित खबर
Loading...