देशमा केही पनि भएन भन्ने भाष्य गलत : प्रधानमन्त्री प्रचण्ड

19

काठमाडौँ, १४ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा केही पनि भएन भन्ने भाष्य गलत भएपनि जनताको अपेक्षा अनुसार काम गर्न नसकिएको बताउनुभएको छ ।

शुक्रबार जगत बोहरा सावित्री स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नकारात्मक कुरा गरेर रमाउने प्रवृत्तिका कारण गलत भाष्यलाई अगाडि बढाउन उद्दत रहेको उल्लेख गर्नुभयो । उहाँले कम्युनिस्टहरुले अब एकतावद्ध भएर त्यो भाष्य चिर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले जनतामा देखिएको नकारात्मक भावना चिर्न सबै जिम्मेवार भएर अगाडि बढ्नुपर्छ । कुनैपनि कालखण्डको कुरा गर्दा देशमा केही भएन भन्ने भाष्य गलत हो । धेरै भएको छ तर, जनताको आशा अपेक्षा अनुसार अझै भएको छैन । त्यो पनि सत्य हो । तर, नकारात्मक कुरा गरेर रमाउने मात्र प्रवृत्ति कहीँ न कहीँ यस भाष्यलाई अगाडि बढाउन उद्दत छ । कम्युनिस्टहरुले अब एकतावद्ध भएर त्यो भाष्य चिर्न आवश्यक छ ।’

कम्युनिस्ट पार्टीबीच फेरि एकताको प्रक्रिया थालिएको प्रधानमन्त्री दाहालको भनाइ छ । उहाँले क्रान्ति र परिवर्तनका उपलब्धिहरू संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकार लागिपरेको दाबी गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...