एउटा जमात अवैध सम्पति लुकाउन सिंगो सहकारीकै बदनाम गर्दैछ : मन्त्री अर्याल

17

काठमाडौँ, ९ असार । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले केही व्यक्तिहरूले गरेको अपराधले सिंगो संस्थालाई नै बदनाम गर्ने गरेको बताउनुभएको छ ।

आइतबार काठमाडौँमा आयोजित ‘सहकारी रोजगार मेला २०८१’ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सहकारीको योगदानलाई भुलेर केही व्यक्तिहरूले गरेको अपराधले सिंगो संस्थालाई नै बदनाम गराउने काम भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा सहकारीको मूल्य मान्यता अनि नेपालमा सहकारीको माध्यमबाट भइरहेको विकास, लाखौँ मानिसको रोजगारी हो सहकारी हो । सहकारीले जुन आफुसँग उत्पादन भएको उत्पादनलाई बजारमा लिएर जानको लागि ठुलो सहयोग गर्‍यो । हामीले यी कुराहरुलाई चटक्कै बिर्सन्छौँ र समाजमा रहेका केही मानिसहरु जो औँलाले गन्दा भ्याउने छन् । त्यो क्षेत्रमा आएर अपराध गर्छन् । अनि सबैले संस्थालाई नै बदनाम गर्नेतिर लाग्छन् । र बदनाम गर्न संग संस्था महासंघहरु खुलेर नै लागि पर्छन् ।’

उहाँले अहिले एउटा जमात सहकारी ठगी गर्ने थलो भनेर मात्र बहस गर्न व्यस्त र अर्को अवैध सम्पति कसरी लुकाउन सकिन्छ भनेर सहकारीकै बदनाम गर्ने प्रयासमा लागिरहेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले एउटा जमात सहकारी ठगी गर्ने थलो भनेर मात्र बहस गर्न व्यस्त । अर्को जमाद आफूहरुले राखेका अवैध सम्पति कसरी लुकाउन सकिन्छ भनेर सहकारीकै बदनाम गरिरहने प्रयासमा लागिरहेका छन् । त्यसैले सहकारीले यो देशको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि के कस्तो योगदान पुर्‍याएको छ । सुसूचित गराउन आवश्यक छ ।’

Share This:
सम्बन्धित खबर
Loading...