बजेट वक्तव्य पढ्ने बेलासम्म संसद्को अवरोध हटिसक्छ : प्रधानमन्त्री प्रचण्ड

27

काठमाडौँ, १३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले संसद्को अवरोध चाँडै हटाउने बताउनुभएको छ । ।

आइतबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले संसदीय छानबिन समिति बनाउने कुरामा सबैको सहमति भइसकेको भन्दै टिओआर बनाउन भोलि सोमबार बिहानसम्म सहमति हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो,‘हामी सहमति र समझदारीको धेरै नजिक पुगेको महसुस गरेका छौँ । आज बिहान मात्र पनि कांग्रेस सभापतिको घरमै पुगेर सहमतिको लागि प्रयास गरेको छु । आशा छ आज र भोलिमा बजेट व्यक्तव्य पढ्ने बेलासम्म सहमति र समझदारी बन्ने छ भन्ने विश्वास व्यक्त गर्दछु । संसदीय छानबिन समिति बनाउने कुरामा सबैको सहमति भै नै सक्यो । टिओआरका कुरा मात्र बाँकी छ । आज बेलुका या भोलि बिहानसम्म सहमति हुन्छ ।’

Share This:
सम्बन्धित खबर
Loading...