राजनीतिमा युवा सहभागिता बढाउन दलहरू सुध्रिनुपर्छ : सुनिता डंगोल

17

काठमाडौँ, ५ जेठ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले पछिल्लो समय राजनीतिप्रति युवाहरुमा वितृष्णा बढ्दै गइरहेको उल्लेख गर्दै राजनीतिक दलहरु सुध्रिन आवश्यक रहको बताउनुभएको छ ।

शनिबार नेकपा (एमाले) कोशी प्रदेश सम्पर्क समितिले आयोजना गरेको ‘युवा’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै एमाले नेतृ समेत रहनुभएकी डंगोलले जोस र जाँगर भएका युवाहरुले राजनीतिक दलहरु मात्र नभइ हरेक क्षेत्र हाक्न सक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘युवामा जोस जाँगर छ, युवा सचेत छन् भने राजनीतिक रुपमा मात्र हैन हरेक क्षेत्र हाँक्न सक्छन् भन्ने विश्वास मैले लिँदै आएको छु । अब आउने पुस्तामा विश्वास गर्दै हामीले हरेक क्षेत्रमा युवालाई अगाडि सार्न विश्वास गर्नुपर्दछ । युवाहरुको राजनीतिप्रतिको वितृष्णा हटाउन राजनीतिक दलहरु सुध्रिन आवश्यक छ । धेरै क्षेत्रमा युवाहरु एकदम सहभागिता कमजोर हुन दिनुहुँदैन ।’

त्यस्तै, डंगोलले पुराना पार्टी र पुराना नेताहरु भन्ने भाष्य निर्माण भइरहेको उल्लेख गर्दै नेता बुढो भएपनि पार्टी बुढो नहुने बताउनुभयो । पार्टीलाई बुढो हुन नदिन राजनीतिक दलहरुमा युवा सहभागिता बढाउन आवश्यक रहेको बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...