कांग्रेस संसदीय दलको बैठक सर्‍यो

45

काठमाडौँ, ३१ वैशाख । नेपाली कांग्रेस संसदीय दलको बैठक सरेको छ । यसअघि कांग्रेसले सोमबार दिउँसो २ बजेका लागि बैठक बोलाएकोमा स्थगित गर्दै मंगलबार बिहान ९ बजेका लागि सारेको हो ।

दलको कार्यालयका अनुसार बैठक सिंहदरबारस्थित दलको कार्यालयमा मंगलबार बिहान ८ बजे संसदीय दल कार्यसमितिको बैठक बस्नेछ भने ९ बजेदेखि दलको बैठक बस्ने छ ।

सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गरी मंगलबार दिउँसो ३ बजेका लागि संघीय संसद्का दुवै सदनको बैठक बोलाइएको छ । त्यसअघि बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न कांग्रेसले दलको बैठक बोलाएको हो ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लागेकोमा कांग्रेसले संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद् अवरुद्ध पार्दै आएको छ । संसदीय छानबिन समिति गठन नभए सरकारको नीति तथा कार्यक्रम समेत प्रस्तुत गर्न नदिने कांग्रेसको रणनीति छ ।

Share This:
सम्बन्धित खबर
Loading...