असंवैधानिक ढंगले रातारात पार्टी दर्ता भएको घोषणा गरियो : अध्यक्ष यादव

50

काठमाडौँ, २६ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपा र नेकपा एसले कांग्रेससँग मिलेर वर्तमान सरकार ढाल्ने भयो भन्ने भ्रमपूर्ण र निराधार हल्ला चलाएको बताउनुभएको छ ।

बुधबार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले आफू बाहिर गएको मौका छोपी निराधार हल्ला चलाएर गैरकानुनी र असंवैधानिक ढंगले रातारात पार्टी दर्ता भएको घोषणा गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘म विश्व जनसङख्या विकास सम्मेलनमा भाग लिन संयुक्त राष्ट्रसंघमा गएको मैका छोपेर एउटा हल्ला चलाइयो । जसपा र नेकपा एसले कांग्रेससँग मिलेर यो सरकार ढाल्ने भो भनेर हल्ला चलाइयो । त्यो हल्ला निराधार र कपोकल्पित हल्ला चलाइयो । र निराधार त्यही हल्लालाई कसै कसैले मौका छोपेर पार्टीभित्र महाधिवेशनको तयारी भइरहेको बेलामा केही महत्वकांक्षा र व्यक्तिगत स्वार्थबाट प्रेरित व्यक्तिले हल्लाको कारणले फाइदा उठाउने गरी पार्टी फुटाएको घोषणा गरे, र निर्वाचन आयोगमा गैरकानुनी तर्फबाट गैरकानुनी र असंवैधानिक ढंगले रातारात पार्टी दर्ता भएको घोषणा गरे रे, नेपालको इतिहासमा यति छिटो पार्टी दर्ताको प्रमाणपत्र दर्ता गरेको यो पहिलो चोटि हो ।’

उहाँले आफूले कार्यवाहक अध्यक्षको पद दिएकै व्यक्तिले पार्टी फुटाएर हिँडेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पार्टीमा कुरा सुनिएर रे, बाहिर भएको बेलामा कसरी सुन्न सकिन्छ । उहाँलाई कार्यवाहक अध्यक्ष बनाएर गएको हो, आजका समस्याको त उहाँले नै पो हल गर्ने हो त । मन्त्री बनाइदिएन भनौँ भने बनाइदिएकै हो । पहिला पनि बनाइदिएकै हो, अहिले पनि हुनुहुन्छ, सांसद पनि बनाइदिएकै हो । के चाहिँ बनाइदिन सक्ने थिए र यहाँभन्दा मैले ।’

उहाँले लाखौँ पार्टी सदस्य र नेताहरू आफूहरुको समर्थनमा नै रहेको भन्दै ५÷७ सांसदहरूलाई मन्त्री बनाइदिने प्रलोभनमा पारी खर्च गरेर भएपनि भेला पारेर पार्टी फुटाए भनेर गरेको जनआधार प्रचारले पार्टीलाई असर नपरी अझै सुदृढ भएर जाने विश्वस व्यक्त गर्नुभयो ।

राजनीतिक दलहरु संस्थागत रुपले स्थिर हुन नसक्दा राजनीतिक प्रणाली नै धरापमा पर्ने हो कि भन्ने आशंका र खतरा पैदा भएको पनि उहाँको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...