रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनुपर्नेमा कांग्रेस अडिग

71

काठमाडौँ, २५ वैशाख । नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने देश र संविधानभन्दा माथि नभएको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने माग कायमै राखेको छ ।

मंगलबार सिंहदरबारमा सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफूले संसदीय छानबिन समितिको माग दोहोर्‍याएको उल्लेख गर्दै सरकारले अगामी बजेट अधिवेशनमा प्रस्तुत हुँदा सहकारीमा लाखौँ बचतकर्ताको अर्बौं रकम अपचलन गरेको विषयमा गृहमन्त्री संलग्नताबारे छानबिन समिति बनाएर आउने कुरामा विश्वास लिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आजको बैठकमा पनि हामीले संसदीय छानबिन समिति बनाउने माग दाहोर्‍याएका छौँ । सरकारले आउँदो बर्खे अधिवेशनमा सरकार प्रस्तुत हुँदा संसदीय समिति बनाउन तयार भएर आउनेमा विश्वास छ । गृहमन्त्रीजीलाई शंकाको सुविधा दिएका छौँ । राजीनामा मागेका छैनौँ । प्रश्न उठेपछि छानबिन हुनुपर्छ । सरकारले संसदीय छानबिन समिति बनाउँछ भन्नेमा विश्वास छ ।’

कोही मानिस संविधान, देशको कानुनभन्दा माथि छ ? भन्दै उहाँले प्रश्न समेत गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...